विपक्षीको आन्दोलन सत्ताकेन्द्रित होइन

KP Oliकाठमाडौं, २५ माघ । एमालेका नेता केपी ओलीले विपक्षी दलहरुले गरिरहेको आन्दोलन सत्ताकेन्द्रित नरहेको बताएका छन् ।
काठमाडौंमा आज प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले गरिरहेको आन्दोलनलाई सरकार केन्द्रित रुपमा नहेर्न सुझाव दिए । उनले मुलुकलाई नयाँ निर्वाचन र सहमतीय संस्कारमा लैजान आफूहरुले आन्दोलन गरेको दाबी गरे ।
उनले मुलुकलाई राजनीतिक निकास दिनबाट वर्तमान एमाओवादी नेतृत्वको सरकार बाधक रहेको बताए । ‘सरकारको पक्षमा बोल्ने सवै स्वार्थी हुन्,’ ओलीले भने ।
प्रधानमन्त्री बाबुराम भट्टराईलाई आन्दोलनले नै हटाउने पनि उनको भनाई छ । ‘प्रधानमन्त्रीलाई हटाउन ठूलो आन्दोलन गर्न आवश्यक छैन,’ उनले भने । नेता ओलीले प्रधानमन्त्री भट्टराईको जरा टक्टक्याएर फाल्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया