एमाओवादी लोकतान्त्रिक बाटोमा आउँदैन

Upendra yadavकाठमाडौं, २४ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत माओवादी सुध्रिएर लोकतान्त्रिक बाटोमा आउला भन्ने आफूलाई विश्वास नै नभएको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा यादवले भने, ‘संसारमा कतै पनि माओवादी सुध्रिएको इतिहास छैन, नेपालमा सुध्रिए अचम्म हुन्छ ।’
राष्ट्रियतका विषयमा नारायणकाजी श्रेष्ठको प्रस्तावप्रति आश्चर्य प्रकट गरेका यादवले आफ्नै उपस्थितिमा भएको विप्पा सम्झौताको विरोध गर्न नसुहाउँने बताए । श्रेष्ठलाई विप्पा सम्झौतको विरोध गर्ने नै भए सरकार छाडेर गर्न यादवले सुझाव दिए ।
उनले प्रतिपक्षको आन्दोलन सत्ताका लागि र सत्तापक्षको आन्दोलन लुट गर्ने छुट पाउनका लागि भएकाले आफूहरु छुट्टै मोर्चा निर्माण गरेर आन्दोलनको तयारीमा जुटेको बताए । उनले निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बन्नु पर्ने धारणा राखे ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले विधिविहीनताको अवस्थाका कारण सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको बताए ।

प्रतिक्रिया