दाङ र दार्चुलामा दुई जनाको मृत्यु

काठमाडौं, २३ माघ । दाङ र दार्चुला जिल्लामा आज दुई जनाको शव फेला परेको छ ।
दाङको सैघा–२, कोइलाखानीमा ४९ वर्षीय मनीषा चन्द मृत अवस्थामा फेला परेकी छन् । चन्द विहान साढे नौ बजे सडक छेउको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उता, दार्चुलाको धाप–१ बस्ने ४५ बर्षीय नैन सिंह रैखोला मृत अवस्थामा फेला परेका छन् । उनी दार्चुला–गोकुलेश्वर सडकखण्डको नालीमा विहान मृत अवस्थामा फेला परेको प्रहरी भनाई छ । दुबै जनाको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया