अधिनायकवादविरुद्ध आन्दोलन : खनाल

काठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक शक्तिहरूको मोर्चालाई बृहत् बनाएर अधिनायकवादलाई पराजित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल स्थापनाको १५औँ वार्षिक दिवसमा आयोजित चियापान कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै खनालले एमाओवादीको सर्वसत्तावाद लोकतन्त्रको अवरोध भएको बताए ।
तीन पुरस्कार घोषणा
प्रेस चौतारीले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यसवर्ष पनि घोषणा गरेको छ । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस (मे ३) मा वितरण गरिने तीनवटा पुरस्कार सोमबारको समारोहमा घोषणा गरिएको हो । हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोपाल बुढाथोकी (काठमाडौं), अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कुन्दन अर्याल
(काठमाडौं) र वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार डेकेन्द्रराज थापा (मरणोपरान्त, दैलेख) लाई प्रदान गर्ने घोषणा गरिएको हो । (सौस)

प्रतिक्रिया