पोखरा : मनाङ–मस्याङ्र्दी क्लबका प्रशिक्षक कृष्ण थापाले राजीनामा दिएका छन् । उनले बिहीबार पोखरा रगंशालामा पत्रकार सम्मेलनको आयोजना गरी यो जानकारी दिएका हुन् । काठमाडौंमा सम्पन्न राष्ट्रिय लिगमा टिम पाँचौ स्थानमा पुगेको र पोखरामा जारी आहा रारा गोल्ड कपमा पनि राम्रो खेल प्रदर्शन गर्न नसकेका कारण नैतिकताका आधारमा राजीनामा दिएको उनले बताए । उनले आफ्नो नौ महिनामा एनसेल कप, पोखरा सफल कपलगायत अन्य प्रतियोगिता जितेको बताए । उनले आफ्ना नौ जना खेलाडी राष्ट्रिय टिममा परेका कारण पनि राम्रो प्रदर्शन गर्न नसकेको बताउँदै आफूले राजीनामापत्र बुझाइसकेको बताए । राजीनामा दिए पनि स्वीकृत भने भइ नसकेको जानकारीसमेत उनले पत्रकार सम्मेलनमा दिएका थिए । (सौस)
प्रतिक्रिया