बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, १८ माघ । काठमाडौंको बालाजुमा आज विहान स्कुल बसले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने फुटपाथमा सवार पाँच जना यात्रु घाईते भएका छन् ।
मृत्यु हुनेमा साईकलमा सवार दोलखा जिल्ला स्थायी घर भएका नेपाली सेनाका परिचर नारायण खत्री रहेको महानगरीय ट्राफिक प्रहरी रामशाह पथले जनाएको छ ।
काठमाडौंको गैरीधारामा रहेको माउन्ट ग्लोरी स्कुलको बा १ क ४३३९ नम्बरको बसले साईकलमा यात्रा गरिरहेका खत्रीलाई ठक्कर दिए पछि उनको मृत्यु भएको हो । बसको ठक्कर पछि गम्भीर घाईत उनको उपचारका लागि जनमैत्री अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
साईकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको बसले पाँच जना पैदल यात्रुलाई पनि ठक्कर दिएर घाईते बनाएको छ । घाईते पैदल यात्रुको जनमैत्री अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया