कृष्णमोहन स्मृति राष्ट्रिय ब्याडमिन्टन र टेनिस

काठमाडौ : नवौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता तथा पाँचौँ एपिएफ खुल्ला लनटेनिस प्रतियोगिता बुधबार सुरु भयो । प्रतियोगिताको पहिलो दिन ब्याडमिन्टनका खेल सुरु भए जसमा पुरुष युगलको खेलमा गोर्खाका नविनबाबु श्रेष्ठ र महेन्द्र ढकालको जोडीले सुरेन्द्र बुढाथोकी र अजय थापाको जोडीलाई २१–११ र २१–१७ ले, बैतडीको मोहित भण्डारी र दिनेश ठगुन्नाको जोडीले चितवनका मुन्नविक्रम खाती र मिनबहादुर कुमालको जोडीलाई २१–१९ र २३–२१ ले तथा ललितपुरका दत्त थापा र सुजन ताम्राकारको जोडीले खेम ढकाल र मिनबहादुर बस्नेतको जोडीलाई २१–१० र २१–६ ले, पराजित गर्‍यो । धादिङका भीमसेन श्रेष्ठ र इन्द्रकुमार श्रेष्ठको जोडीले कपिलवस्तुका सन्दीप श्रेष्ठ र राजकुमार पोख्रेलको जोडीलाई २१–१६, १८–२१ र २१–१७ ले, केटिएमका अशोक भुुसाल र हेमन्त गिरीको जोडीले कपिलवस्तुका सिद्धार्थ कार्की र सुरज तण्डुकारको जोडीलाई १०–२१, २१–१६ र २१–१८ ले तथा बैतडीका मोहित भण्डारी र दिनेश ठगुन्नको जोडीले एपिएफका हुमबहादुर ज्ञवाली र सूर्यप्रसाद तिमल्सिनाको जोडीलाई २१–१३ र २१–९ ले पराजित गर्‍यो ।
सोमबार नै भएको पुरुष एकलतर्फको खेलमा केटिएमका गोकुल तामाङले त्रिभुवन आर्मीका मिनबहादुर वस्नेतलाई २१–१३ र २१–१२ ले, चितवनका ज्ञानेन्द्र पौडेलले दाङका बुद्धि बस्नेतलाई २१–१६ र २१–९ ले गोर्खाका महेन्द्र ढकालले एपिएफका तेजराज शर्मालाई २१–१७ र २१–८ ले तथा नुवाकोटका रवीन्द्र भुजेलले केएमसीका दिनेशराज शर्मालाई २१–१२ र २१–५ ले पराजित गरे । (सौस)

प्रतिक्रिया