प्रहरी कार्यालयबाट चार थुनुवा फरार

Kailali-Policeकैलाली, १७ माघ । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतबाट चार जना थुनुवा भित्ता फोडेर फरार भएका छन् ।
विभिन्न आपराधिक कार्यमा संलग्न रहेका उनीहरु आज बिहान करीव तीन बजे थुनुवा कोठाको भित्ता फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । थुनुवा कोठामा अन्य १७ जना बन्दी पनि रहेको प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
रावलका अनुसार भित्ता फोडेर भाग्नेमा धनगढी नगरपालिका–३ का २४ वर्षीय नबीन भुजेल, सोही ठाउँ निवासी १६ वर्षीय आकाश पौडेल र १४ वर्षीय रुपेश चौधरी तथा डोटी जिल्ला तोलनी घर भई हाल धनगढी नगरपालिका–२ वस्दै आएका ३५ वर्षीय नारद बोहरा छन् ।
भुजेल तीन साताअघि ज्यान मार्ने उद्योग र लागूऔषध ओसारपसारमा पक्राउ परेका थिए । भुजेलको मुद्दा जिल्ला अदालतमा पेस भई कारवाहीको प्रक्रिया अघि बढेको थियो ।
पौडेल र चौधरी चोरी घटनामा संलग्न रहेको आरोप तथा बोहरा मानव बेचबिखनको घटनामा पक्राउ गरेको प्रबक्ता रावलले बताए । तीन जनाको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फरार थुनुवाले आफू बस्ने कोठाको भित्ताको ईट्टा फोडेर प्वाल बनाएर भागेका हुन् । चार थुनुवा फरार भए पछि डियुटीमा रहेका प्रहरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ निरीक्षक रावलले बताए ।

प्रतिक्रिया