तोरी लाहुरेको सुटिङ सकियो

Toriकाठमाडौं : एन बी महर्जनको निर्देशन रहेको चलचित्र तोरी लाहुरेको छायांकन सकिएको छ । आइतबार चोभारमा हेलिकोप्टर प्रयोग गरिएको दृश्यको अन्तिम छायांकन गर्दै चलचित्र सकिएको हो ।

दिनेश डिसी, सुवास थापा, गजित विष्ट, असिष्मा नकर्मी, समुना केसी आदिले चलचित्रको अन्तिम सट दिएका थिए । प्रहरी इन्सपेक्टरको पोसाकमा शनिबार सट दिएका कलाकार दिनेश डिसीले चलचित्रमा आफ्नो रोल एकदमै राम्रो भएको बताए । उनले भने, ‘बजार र मायाज बारझैँ यस चलचित्रमा पनि इन्सपेक्टर डिएल कार्कीको रोल मैले गरेको छु ।’ प्रहरीको रोलमा अभिनय गरेका डिसीको यो आठाँै चलचित्र हो ।
दिनेश डिसी, सुवास थापा, गजित विष्ट, असिष्मा नकर्मी, समुना केसीलगाएत कलाकारको मुख्य भूमिकामा अभिनय रहेको चलचित्रको छायांकार निरज कँडेल रहेका छन् । चलचित्रको छायांकन सकिएको घोषणा गरिए पनि दुई गीतको सुटिङका भने बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ । (सौस)

प्रतिक्रिया