‘तिम्रो लागि’को साइत जुर्‍यो

1काठमाडौं : पटक–पटक प्रदर्शनको मिति तोक्दै प्रचार–प्रसार गरे पनि प्रदर्शन हुन नसकेको चलचित्र तिम्रो लागिको बल्ल प्रदर्शनका लागि साइत जुरेको छ । आउँदो १९ गतेदेखि चलचित्र प्रदर्शनमा ल्याउन लागिएको निर्माता अरुण खड्काले बताए ।
त्रिकोणात्मक प्रेम कथालाई विषयवस्तु बनाइएका यस चलचित्रमा सुमन सिंह, कुशल थापा, सुमिना घिमिरे, सरोज केसी, गणेश उप्रेती, सुशील पोखरेल, दिव्येश्वर गौतम लगायतकको अभिनय रहेको छ ।
अरुण फिल्मस्को प्रालिमा निर्माण भएको चलचित्रको शीर्ष गीत तिम्रो लागि जिएथँे मैले यो जिन्दगी … बोलको गीतले भने चर्चा बटुल्न सफल भइसककेको छ । चलचित्रमा देवेन्द्र गिरीको छायांकन, बब्बु थापाको नृत्य रहेको छ भने सन्तोष प्रगाढले संगीत दिएका छन् । (सौस)

प्रतिक्रिया