नेपालको लगातार दोस्रो जित

बैंकक : युएईलाई ८६ रनले पराजित गर्दै नेपालले एसिसी महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार समूहको आफ्नो दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २५ ओभरमा पाँच विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो । नेपालका लागि सीता मगरले ४६ र सरिता मगरले ४१ रनको योगदान गरिन् ।
युएई भने २२.४ ओभरमा ५९ रनमा सीमित भयो । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागी सोनु खड्काले तीन तथा करुणा भण्डारीले दुई विकेट लिए । रुबिना क्षेत्री, नेरी थापा र सरिता मगरको नाममा समान एक विकेट रह्यो । नेपालले आफ्नो तेस्रो खेलमा आइतबार मलेसियाको सामना गर्नेछ । (एजेन्सी)

प्रतिक्रिया