मुलुक भरि सरकार विरोधी प्रदर्शन

Bajuraकाठमाडौं, १२ माघ । कांग्रेस, एमाले, राप्रपा, राजपा, राजमोलगायतका विपक्षी दलहरुले एमाओवादी नेतृत्वको वर्तमान सरकार विरुद्ध विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेका छन् ।
सहमतीय सरकार बनाएर नयाँ निर्वाचन गराउन नसकेको जनाउँदै विपक्षी दलहरुले आज प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वसत्तावाद लाद्न थालेको भन्दै सरकार विरुद्ध चर्का नारावाजी समेत गरे । उनीहरुले राजनीतिक निकासका लागि प्रधानमन्त्री भट्टराईलाई मार्ग प्रसस्त गर्न सुझाव दिए ।
भक्तपुर, ललितपुर, इलाम, बाजुरालगायत अधिकांश जिल्लामा विपक्षी दलहरुले सरकार विरोध कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया