लडाकुको रकम लिएर फरार संयोजक पक्राउ

rsकाठमाडौं, १० माघ । अयोग्य लडाकु अर्थात बहिर्गमित लडाकुको १५ लाख रुपियाँ लिएर फरार चार जनालाई प्रहरीले आज काठमाडौंमा पक्राउ गरेको छ ।
बहिर्गमित लडाकुहरुका संयोजक लेलिन बिष्टसहित चार जनाले शान्ति मन्त्रालयबाट १५ लाख रकम बुझेर बेपत्ता भएका थिए ।
काभ्रे जिल्ला महेन्द्र ज्योती–४ घर भई हाल कोटेश्वर बस्ने २३ वर्षीय लेलिनले माघ–८ गते शान्ति मन्त्रालयबाट १५ लाख रुपियाँको चेक बुझेर फरार भएका हुन् ।
रकम लिएर फरार लेलिनसहित सह–संयोजक मुगु जिल्ला लोहा–८ घर भई हाल कोटेश्वर बस्ने २३ वर्षीय लालचन्द्र बिक, सचिव डोटी जिल्ला खाती–२ घर भई हाल कोटेश्वर बस्ने २३ वर्षीय भरत रोकाया र चौथो डिभिजन संयोजक धादिङ जिल्ला चैनपुर–४ घर भई हाल स्वयम्भु बस्ने २२ वर्षीय रमेश बस्याललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरु नयाँ बसपार्कस्थित कान्तिपुर मलबाट विहान करीव ९ बजे पक्राउ परेका हुन् ।

प्रतिक्रिया