सरकारविरुद्व चौतर्फी आन्दोलन

SADAK-BAHASकाठमाडौं, १० माघ । सरकारको राजीनामाको माग गर्दै चरणवद्व आन्दोलनमा रहेको प्रतिपक्षी दल नेपाली कांग्रेस निकट भातृसंगठनहरुले आज राजधानीमा सडक बहस गरेका छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघले सरकारको विरोधमा संयुक्त रुपमा सडक बहसको आयोजना गरेका हुन् । शान्ति सम्झौता च्यात्ने एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति, पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिने सरकारी प्रपञ्च लगायत बढ्दो महिला हिंसाको विरोधमा सडक बहस गरिएको नेवि संघले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, बार एशोसियशनका पुर्व अध्यक्ष शम्भु थापा, नेपाल महिला संघकी अध्यक्ष डीला संग्रौला, नेवि संघका अध्यक्ष रञ्जीत कर्ण लगायतले बोल्नुभएको थियो । उनीहरुले एनेकपा माओवादी र सरकार देशलाई अराजकता र मुडभेड तर्फलैजान लागेको भन्दै चर्काे आलोचना गरेका थिए । दण्डहीनताको अन्त्य र राज्यको आतंक रोक्नका लागि सरकारको राजीनामा आवश्यक रहेकोमा समेत वक्ताहरुले जोड दिएका थिए ।

प्रतिक्रिया