पर्साबाट युवतीको उद्धार

पर्सा, ९ माघ । विक्रीका लागि भारतमा लैजाँदै गरेको अवस्थामा प्रहरीले एक युवतीको पर्सा जिल्लाबाट उद्धार गरेको छ ।
प्रहरीले युवतीलाई आइतबार उद्धार गरेको हो । भारत विहार जिल्ला बैशाली थाना चेहरकला ग्राम पंचायत खाजेचान बस्ने २४ वर्षीय बिन्देश्वर कुमार कुशबाह र बेतिया थाना मझौलीया पंचायत रतनमाला ग्राम बगरवा बस्ने ४० वर्षीय जोगिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुले तनहुँ जिल्ला बन्दीपुर–१ बस्ने २० वर्षीया ममता गुरुङ (नाम परिवर्तन) लाई भारत तर्फ लैजान लागेको सूचना पाए पछि प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको थियो ।
भारतीय नागरिकहरुले ६ महिना ममतासँग फोन सम्पर्क गरेर प्रेम जालमा पारेको प्रहरी भनाई छ । उनीहरुले आफ्नो घर हेटौंडा रहेको भनी ममतालाई झुक्काएका थिए ।
ममतालाई दुबै जना भारतीयले काठमाडौंको गौशालास्थित धर्मशालामा माघ–१ देखि ६ गतेसम्म राखेर यौनशोषण समेत गरेको बयान प्रहरी समक्ष दिएका छन् ।

प्रतिक्रिया