नारायणन नयाँ इन्टरनेसल मास्टर

Chess-Narayananचेन्नाई, ९ माघ : एसएल नारायणन भारतका पछिल्ला अन्तर्राष्ट्रिय मास्टर (आइएम) बनेका छन् । चेन्नाईमा जारी चेन्नाई सुपर किंग्स अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको नवौँ चरणमा चिनियाँ जिएम लु सांघाइसँग बराबरी गर्दै उनले तेस्रो आइएम नम्र्स पूरा गरे । केरलाका १५ वर्षीय नारायणनले सन् २०११ मा चेन्नाईमा भएको जुनियर विश्व च्याम्पियनसीपमा पहिलो तथा दुई महिनाअघि पनि यसै स्थानमा भएको कमनवेल्थ चेस च्यनाम्पियनसीपमा दोस्रो आइएम नम्र्स पूरा गरेका थिए । प्रतियोगितामा चिनका वांग युंगावोले पनि शीर्ष वरीयताका अलेक्जेन्डर अलेक्सेभसँग बराबरी गर्दै आइएम नम्र्स पूरा गरे । उज्वेक ग्रान्डमास्टर मराट जुबेभलाई पराजित गर्दै जर्मनीका हेन्री तेस्के ७.५ अंकसहित एकल अग्रता कायम गर्न सफल भएका छन् । अलेक्जेन्डरका साथै रुसका आन्द्रेइ डेभेटकिन, उज्वेकिस्तानका केमेभिभ डेमेट्री, भारतका बी अधिवन, ललितबाबु एम आर, बंगलादेशका नियाज मुर्साद, चीनका लु सांघाइ, भारतका स्वप्नील धौपडे, कजाकिस्तानका कुडुरिलोभ किरिल, भारतका नारायणन र चीनका वांगा यो सात अंकसहित शीर्ष स्थानमा छन् । नारायणनले यसै प्रतियोगितमा १५ रेटिङ बढाए पछि तीन नम्र्ससहित आइएम हुन आवश्यक २४ सय रेटिङ पनि पार गर्ने निश्चित भएको छ । उनको अहिलेको रेटिङ २३९७ छ । वांग यो र स्वप्नील धौपडे जिएम नर्म्सको नजिक रहेका छन् । यसैगरी वैशाली आरको डब्लु आइएम नर्म्सको सम्भाबना जिवित नै रहेको छ ।

नेपाली खेलाडीको हकमा शूरवीर लामा डब्लु जिएम पद्मिनी राउतसँग पराजित भए । कृष्ण थापा कम रेटिङका अनिरुद्ध बनेगकरसँग बराबरीमा रोकिए । यसैगरी प्रचण्ड मालाकार शशिकान्त कटुवालसँग पराजित भए । सुशील चौधरी पनि सा काननसँग पराजित भए । उमेस केसीले एलन दिब्यराजसँग बराबरी गरे । विपिन अमात्यले अरविन्द एनलाई पराजित गरे । शूरवीरको ५ अंक छ भने कृष्ण र प्रचण्डको ४.५ अंक छ । यसैगरी सुशील रविपिनको चार अंक छ । उमेशको तीन अंक छ ।
उपाधिको होड भने खुल्ला भएको छ । आठौँ चरणको समाप्तीमा दुई आइएम नर्मस भएका एसएल नारायननले चेवे अटिलालाई पराजित गरे पछि उनी संयुक्त शीर्ष स्थानमा रहेका छन् । उनीसँगै बेलारुसका शीर्ष वरीयताका ग्रान्डमास्टर अलेक्जेन्डर अलेक्सेभ, भारतका लित बाबु एम आर र बि अबिधवन तथा जर्मनीका तेस्के हेन्रिक शीर्ष स्थानमा रहेका छन् । प्रतियोगितामा आइएम नर्म्स पाएका चीनका वांग युग ओ पनि शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया