पोखरा : राजधानी उपत्यकाको जावलाखेल र पूर्वाञ्चलको धरान फुटबल क्लबबीच मंगलबारदेखि सुरु हुने ११औँ आहा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । सोमबार खेल तालिका जारी गर्दै आयोजक सहारा क्लबले जनाएअनुसार डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्री–स्टार, नेपाल पुलिस र ब्रिगेड ब्वायज बाइ पाएर सोझै क्वार्टरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताका अन्य सहभागी टोलीमा नेपाल आर्मी, प्रेmन्ड्स, आरसिटी, साउदर्न समिति, सहारा र मच्छिन्द्र क्लब छन् । (सौस)
प्रतिक्रिया