नयाँदिल्ली, २८ पुस । भारतको नयाँदिल्लीमा जारी पाश्र्वनाथ दिल्ली ओपन चेस प्रतियोगिताको छैटौँ चरणमा नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो । बिहीबार रातिभएको छैटौँ चरणमा ‘ए’ क्याटागोरीमा खेलेका ६ नेपाली खेलाडी नै पराजित भए । पाँचौँ चरणसम्म अपराजित रहेका नेपालका राष्ट्रिय च्याम्पियन मनीष हमाल छैटाँै चरणमा अक्षय कोरेसँग पराजित भए । वसन्त रावल डब्लु जिएम स्वाती घेटद्वारा पराजित भए । शूरवीर लामाको खराब प्रदर्शन जारी रह्यो । उनी छैटाँै चरणमा चिनियाँ खेलाडी जु हाउन्हुसँग पराजित भए । कृष्ण थापा फिडे मास्टर हर्सलसँग पराजित भए । सुशील चौधरीले प्रबिनकुमार सिंहसँग हार बेहोरे ।
‘लगातार दबाबले पराजयको सामना गर्नुपर्यो’ मनीषले भने । तथापि, उनले सातौँ चरणदेखि फेरि फर्ममा फर्कने आशा व्यक्त गरेका छन् । प्रतियोगितामा भारतकै मगेस पन्ध्र चन्द्रन र बैभव सुरी पाँच अंकसहित संयुक्त शीर्ष स्थानमा रहेका छन् । अलेक्जान्द्रोभ अलेक्सेभ, ललितबाबु एमआर र लु सान्जाइको ४.५ अंक रहेको छ । यसै गरी ४.५ अंक हुनेमा अंकित राजपत्रा, चेबा अटिला, मराट जुबेभ र स्वप्निल धौपडे रहेका छन् ।
प्रतिक्रिया