एमाओवादी सत्ताकब्जाको षड्यन्त्रमाः महत

prakash sharan mahatपोखरा, २७ पुस । कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले एमाओवादीका लागि संविधानसभा प्रोगाण्डा बाहेक अरु केही नभएको वताएका छन् ।
उनले एमाओवादीले विभिन्न नारा दिएर दलहरुलाई भूलभूलैयामा पारेर सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाए । पोखरामा आज नेपाल निजामती कर्मचारी संघको चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै उनले एमाओवादीले सजिलै सत्ता त्याग नगर्ने बताए । ‘एमओवादीले अव सहमतिका लागि छाडिदे भनेर सत्ता छाड्छ भन्नु मुर्खता बाहेक अन्य केही हुँदैन,’ उनले भने ।
उनले कांग्रेस र एमालेले सहमति गर्ने नाममा आन्दोलनका कार्यक्रम स्थगित गरेर गल्ति गरेको टिप्पणी गरे । ‘आन्दोलन र वार्तालाई संगसंगै लैजानु पथ्र्यो, त्यसो भएन,’ उनले भने, ‘अव पनि सत्ताकै लागि हतियार उठाएको पार्टीले सजिलै पाएको सत्ता छाड्ला भन्नु महामुर्खता हुने छ ।’

प्रतिक्रिया