राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि अब राष्ट्रपतिले के गर्नुपर्ला ?

राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–०६३ को धारा ३८ (१) अनुसार राष्ट्रिय सहमतिको सरकार गठनका लागि बारम्बार समय दिइरहेको भए पनि राजनीतिक दलहरूले त्यसको सदुपयोग गर्न सकिरहेका छैनन् । जतिपटक समय थपिए पनि दलका नेताहरू विनावार्ता, संवाद र छलफल नगरी उक्त समय ब्यतित गर्दै गइरहेको अवस्था छ । यो भनेको राजनीतिक दलहरूको असफलता हो । अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले योभन्दा बढी केही गर्न सक्दैनन् । राष्ट्रपतिले त राजनीतिक दलहरूबाट बनाइएको प्रधानमन्त्रीलाई घोषणा मात्रै गर्ने हुन् । यसलाई राष्ट्रपतिको असफलतका रूपमा बुझ्नु हँुदैन । हुनत: राष्ट्रपतिले व्यवस्थापिका–संसद हुँदाका बखत अन्तरिम संविधानको धारा ३८ (१) अनुरूप राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरूलाई आह्वान गर्ने हो । ३८ (१) मा गएर पनि मुलुकले राष्ट्रिय सहमतिको सरकार पाउन सक्दैन भने अब राष्ट्रपतिले ३८ (२) अनुरूप विघटित संसद्का बहुमत (३०१) सदस्यले सिफारिस गरेको व्यक्तिलाई प्रधानमन्त्री घोषणा गर्दा फरक नपर्ला ।

प्रतिक्रिया