उखु किसानको आन्दोलन सुरु

नवलपरासी : नवलपरासीका किसानले ९ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका छन् । उखु किसानको छाता संगठन उखु उत्पादक किसान समिति नवलपरासीको अगुवाइमा आन्दोलन सुरु भएको हो ।
क्रसिङ सिजन सुरु हुनु अगावै मूल्य निर्धारण गरिनुपर्ने, उखु खरिद गरेको सात दिनभित्र उखु मिलले भुक्तानी दिनुपर्ने, उखुको दर मिल र तौल केन्द्रमा समान मूल्य निर्धारण हुनुपर्ने, विगतका सम्झौता अविलम्ब कार्यान्वयन हुनु पर्नेलगायत माग राख्दै किसानले आन्दोलन सुरु गरेको समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
अन्य मागका सवालमा हालसम्मको भुक्तानी तत्काल चिनी उद्योगले गर्नुपर्ने, विगतका सालको रकम मिलले भुक्तानी गर्नुपर्ने, उद्योगपतिले अवैध रूपमा कब्जा गरेका जग्गा खाली गर्नुपर्ने, चिनी उद्योगले विभिन्न स्थानमा तौल केन्द्र स्थापना गर्नुपर्नेलगायत छन् । नवलपरासीमा उखुको मूल्य निर्धारण नहुँदा किसानहरू समस्यामा परेका छन् ।
जिल्लामा कुल २५ देखि ३० लाख क्विन्टलसम्म वार्षिक रूपमा उखु उत्पादन हुने गरेको छ । किसानले उखु प्रतिक्विन्टल ५ सय १ रुपियाँ मूल्य निर्धारण हुनुपर्ने माग राखेका छन् । विभिन्न जिल्लामा उखु उत्पादक संघ, महासंघ र नेपाल चिनी उद्योग संघबीच पटकपटक वार्ता भए पनि उखुको उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलनको विकल्प नभएकाले आन्दोलनको सुरुवात गरिएको समितिका सदस्य
कुवँरले बताए ।

प्रतिक्रिया