सोलुखुम्बुमा ४ वर्षीया बालिका बलात्कृत

काठमाडौं, २१ पुस । सोलुखुम्बु जिल्लामा प्रहरीले चार वर्षीया कालिका कुलुङ (नाम परिवर्तन) लाई बलात्कार गर्ने जसराम कुलुङलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार अभियोगमा गुदेल–७, चाचालुङ बस्ने १६ वर्षीय जसरामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले सोही ठाउँ बस्ने चार वर्षीया कालिकालाई बिहीबार ललाई फकाई आफ्नै घरमा लगेर बलात्कार गरेका थिए । उनले आफ्नै कोठामा लगेर कालिकालाई बलात्कार गरेका थिए । सूचना पाए लगत्तै पुगेको प्रहरीले जसरामलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया