पछिल्लो समय मुलुकमा बढ्दै गइरहेका हत्या, हिंसा, बलात्कारका घटना नियन्त्रण गर्न के गर्नुपर्ला ?

सर्वप्रथम समाजमा विकृति, विसंगति तथा आपराधिक घटना हुन नदिन राज्यमा विधिको शासन हुनुपर्छ । राजनीतिक स्थिरितासहितको जनउत्तरदायी राजनीतिक नेतृत्व र सरकार हुनुपर्‍यो । आमजनतालाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन राज्यका सुरक्षा अंगहरूलाई सक्षम र प्रभावकारी रूपमा परिचालन गर्न सरकार सचेत हुनपर्छ । राजनीतिक नेतृत्व अथवा सरकार जबसम्म जनतालाई शान्ति, सुरक्षा दिनु आफ्नो कर्तव्य र दायित्व हो भन्ने बुझ्दैन तबसम्म यस्ता आपराधिक घटनाबाट समाज र जनता आतंकित भइरहने छन् ।
आज अपराध गरेर भोलि दण्ड, सजायबाट बच्न सकिन्छ भन्ने सोच र मनसाय राख्नेहरू यस्ता आपराधिक घटना गर्न डराउँदैनन् । आज मुलुकमा महिलामाथि दुव्र्यवहार, हत्या, हिंसा, बलात्कारका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । महिलाहरू नारा, जुलुससहित प्रधानमन्त्रीनिवास,  सिंहदरबार घेराउ  गर्न गइरहेका छन् । यो  भनेको राज्य, सरकार तथा सुरक्षा निकायका लागि लाजमर्दो विषय हो । समाजमा मौलाउँदै  गएको दण्डहीनता, राजनीतिमा
आपराधीकरण, राजनीतिक नेतृत्वबाट दोषीलाई संरक्षण दिने गलत प्रवृत्तिले मुलुकमा हत्या, हिंसा, लुटपाट, बलात्कारका घटनाहरू बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया