अपराधमा राजनीतिकरणले समस्याः राना

काठमाडौं, १९ पुस । प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले अपराधमा हुने राजनीतिकरणले समाजमा अपराध नियन्त्रण गर्न अप्ठ्यारो परेको गुनासो गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले समाजमै अपराध मिलाउने परम्पराका कारण पनि अपराध न्यूनिकरणमा समस्या उत्पन्न गरेको बताए ।
संक्रमणको अवस्थामा अपराधीले टाउको उठाउने प्रयास गरेको उनले बताए । ‘पछिल्लो समयमा यस्ता आपराधिक घटना बढि देखिएको छ,’ उनले भने ।
उनले महिला हिंसाको घटनामा निवेदन दर्ता नगरेको भन्ने आरोप गलत रहेको बताए । ‘जाहेरी दिँदैमा पक्राउ गर्दा निर्दोषले समेत दुःख पाउने अवस्था रहन्छ,’ उनले भने ।
अधिवक्ता सपना प्रधान मल्लले महिला हिंसाका घटना नियन्त्रणमा प्रहरीको सेवाले महत्व राख्ने बताईन् । उनले न्याय दिलाउने विश्वास प्रहरीले पीडितलाई दिलाउनु पर्ने बताईन् ।
अधिकारकर्मी बन्दना राणाले मुलुकमा बढेको दण्डहिनताको संस्कारले महिला हिंसाका घटनामा बृद्धि भएको बताईन् ।

प्रतिक्रिया