बेगमद्वारा फोरम लोकतान्त्रिक परित्याग

काठमाडौं, १९ पुस । मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य एवं निर्वतमान सभासद् करिमा बेगम पार्टी परित्याग गरेकी छन् ।
वीरगन्जस्थित होटल सम्झानामा आज विशेष कार्यक्रम गरेर केन्द्रीय सदस्य बेगमले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । बेगमले पुनः मधेसी जनअधिकार फोरम नेपालमा फिर्ता भएको जनाएकी छन् ।
उनलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर पार्टीमा प्रवेश गराए । केन्द्रीय सदस्य बेगमले संविधानसभा चुनावमा पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् ।
केन्द्रीय सदस्य बेगमले फोरम लोकतान्त्रिक र अध्यक्ष विजय गच्छेदार सत्तामुखी भएको आरोप लगाईन । उनले गच्छेदार मधेसका समस्या प्रति उदाशीन रहेको बताईन ।

प्रतिक्रिया