हिंसा विरुद्ध सडक आन्दोलनको घोषणा

काठमाडौं, १८ पुस । कांग्रेस निकट नेपाल महिला संघले महिला हिंसा विरुद्ध आन्दोलन घोषणा गरेको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संघले पहिलो चरणका आन्दोलनका कार्यक्रममा घोषणा गरेको हो । विहीबार राजधानीसहित मुलुकका ७५ वटै जिल्लामा जिल्ला शाखाहरुले प्रमुख जिल्ला अघिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको संघले जनाएको छ ।
पहिलो चरणमा सरकारले महिला हिंसाका अपराधीलाई कारवाही नगरे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने संघकी अध्यक्ष डिला संग्रौलाले चेतावनी दिईन । उनले मुलुक एक्काईसौ शताब्दीमा प्रवेश गर्दा पनि आधा आकास ओगटेका महिलामाथि बर्बर हिंसा हुनु शर्मनाक भएको बताईन ।
सरकारलाई सर्वसत्तावादको चीर निन्द्रमा सुतेको आरोप लगाएकी उनले सरकारलाई ब्यूझाँउन सम्पूर्ण महिलाहरुलाई गोलबन्द हुन आब्हान गरिन् ।

प्रतिक्रिया