पत्रकारलाई स्पष्टीकरण सोधेकोमा विरोध

काठमाडौं : रेडियो नेपालबाट प्रसारित कार्यक्रमका विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियोका निर्देशक र सम्बन्धित पत्रकारसँग स्पष्टीकरण मागेकोमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले आपत्ति जनाएका छन् ।
युनियन र चौतारीले विज्ञप्तिमार्फत मंगलबार प्रधानमन्त्रीले रेडियोका निर्देशक सुरेश कार्की र पत्रकार प्रमोद दाहालसँग स्पष्टीकरण मगाएकोमा आपत्ति जनाएका हुन् ।
यसैबीच प्रधानमन्त्रीकै निर्देशनमा मुख्यसचिव लीलामणि पौडेलले पत्रकार दाहाल र कार्यकारी निर्देशक कार्कीलाई स्पष्टीकरण दिन मंगलबार १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका थिए । तर, स्पष्टीकरण लिने कदमको विरोध भएपछि मुख्यसचिव पौडेलले आफूलाई यस विषयमा कुनै जानकारी नभएको भन्दै उनीहरूलाई फिर्ता पठाइदिएको रेडियो नेपाल स्रोतले जनाएको छ । (सौस)

प्रतिक्रिया