‘सहकारीले घर–जग्गामा लगानी रोक्नु पर्छ’

काठमाडौं, १७ पुस । सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारी संस्थाको घर–जग्गामा लगानी रहेकाले त्यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् । पछिल्लो समयमा केही ठूला सहकारी धमाधम समस्यामा पर्दै गएको, सहकारी ऐन, नियमन, मापदण्डविपरीत उनुत्पादक क्षेत्रमा लगानी गरेका कारण समस्यामा परेको उनको भनाइ छ ।

‘सहकारीलाई अनुत्पादक क्षेत्रमा लगानी गर्न कानुनले रोकेको छ,’ रजिस्ट्रार न्यौपानेले भने, ‘उत्पादनशील क्षेत्रमा लगानी गरी सर्वधाधरणको निक्षेप सुरक्षित गराउनुपर्छ ।’ विभिन्न सहकारी संघले प्रारम्भिक संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन दिनुपर्ने उनको जोड थियो । जिल्ला सहकारी संघ काठमाडौंको १३औँ साधारणसमामा बोल्दै न्यौपानेले रोजगारी, गरिबी निवारण, आर्थिक समृद्धि बनाउनेतर्फ सहकारी उन्मुख रहनु पर्नेमा जोड दिए । ‘दुर्गम गाउँ–गाउँमा सहकारीको पहुँच आवश्यक रहेको छ,’ उनले भने, ‘जसका लागि सकारी तबरबाट सहयोग आवश्यक छ ।’ जिल्ला, केन्द्रीय तहका सहकारी संघले थोरै मात्र प्रारम्भिक संस्था आबद्ध रहेको बताउँदै उनले सदस्य विस्तारमा जोड दिन आग्रहसमेत गरे ।
सहकारी क्षेत्रको सम्भावन र चुनौतीबारे संघले हरेक समयमा वकालत गर्दै आएको संघका अध्यक्ष केबी उप्रेतीले बताए । सहकारीमा देखापरेका समस्यालाई न्यूनीकरण गरी शून्यतामा झार्ने उद्देश्य रहेको पनि उनले बताए । संघले विभिन्न संघ/संस्थासँग सहकार्य गरी उपभोक्ता भण्डार, पेट्रोलपम्प, मह बिक्री केन्द्र, कृषिजन्य कार्यक्रम सञ्चालन गरिनेमा उनले जोड दिए । गरिब, विपन्न, पिछडिएका वर्ग तथा महिलालाई लक्षित गरी संघमा आबद्ध संस्थाको पहलमा आर्थिक वर्ष ०६९/७० देखि लागू हुने गरी लद्युवित्त कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ ।
संघले सिटिइभिटी तथा सम्बन्धित निकायबाट स्वीकृत लिई प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी कार्यहरू गर्न पहल गर्ने पनि उप्रेतीले बताए । करिब चार हजार प्रारम्भिक संस्था रहेको काठमाडौंमा आर्थिक वर्ष ०६८/६९ मा ३ सय ५८ मात्र संस्था आबद्ध रहेको छ । आव ०६८/६९मा संघको सेयर पुँजी १६ लाख ५३ हजार रहेको छ । उक्त आवमा ५ लाख २३ हजार ३ सय ३७ रुपियाँ कर्जा प्रवाह गरेको संघले जनाएको छ । यस वर्ष संघले २ लाख २२ हजार ५ सय ५१ नाफा कमाउन सफल भएको संघले जनाएको छ ।

सहकारी सदस्यलाई अभिनन्दन

काठमाडौं : नेपालको पहिलो सहकारी बखानपुर सहकारी ऋण समितिका स्थापनाकालीन सदस्यलाई अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ को समापनका अवसरमा जिल्ला सहकारी संघ ललितपुरको आयोजनामा पहिलो सहकारीका दुई सदस्य कृष्णमान गुरुङ, इन्द्रसिंह गुरुङलाई अभिनन्दन गरेको हो ।
ललितपुर उपमहानगरपालिका पुल्चोकदेखि जावलाखेल, कुमारीपाटी हुादै लगनखेलसम्म अभिनन्दन यात्रा गरी लगनखेलमा ललितपुरका सबै विषयगत सहकारी संघ, केन्द्रीय संघ र प्रारम्भिक सहकारी संस्थाले अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया