राजसंस्था आवश्यक छः थापा

काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संवैधानिक राजसंस्था अझै पनि अपरिहार्य रहेको दाबी गरेका छन् ।
स्वर्गीय राजा बीरेन्द्रको जन्मजयन्तीका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उनले राजसंस्थाले राष्ट्रियताको जगेर्ना र राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्ने बताए ।
उनले राजनीतिक दलहरुको स्वार्थका कारण मुलुकमा समस्या आएको पनि बताए ।
दलहरुको स्वार्थले राष्ट्रिय राजनीतिले निकास पाउन नसकेको उल्लेख गरेका अध्यक्ष थापाले ठूला दलहरुले मुलुकलाई निकास दिन नसक्ने बताए । उनले छिटो सहमति गरेर निर्वाचन गराउँन माग समेत गरे ।

प्रतिक्रिया