सहमतिको प्रयासलाई कमजोरी नठानियोस्

काठमाडौं, १४ पुस । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले सहमतिका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रयासलाई विपक्षी दलहरुले कमजोरीका रुपमा लिन नहुँने बताएका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले अध्यक्ष दाहालले सहमतिका लागि लिएको पहलकदमीलाई बिपक्षी दलहरुले कमजोरीको रुपमा लिएको आरोप लगाए ।
‘विपक्षी दलहरु एक दिन पनि बर्तमान सरकारमा आउँन नमान्दा सहमति नभएको हो,’ उनले भने, ‘सहमतिका लागि दलहरुले सहयोग गर्नु पर्छ ।’
उनले एमाओवादी निर्वाचनकै पक्षमा रहेको भन्दै निर्वाचनबाट पछि नहटेको बताए । सापकोटाले निर्वाचननै अहिलेको उत्तम बिकल्प भएको पनि उल्लेख गरे ।
बैशाखमा निर्वाचन नहुँने अवस्था आएमा मात्रै संविधानसभा पुनःस्थापनामा जोड दिने उनले बताए ।

प्रतिक्रिया