अणु परिवर्तनको महत्त्व

कृष्णलाई थाहा थियो– बब्रुवाहनजस्तो वीर संसारमा छँदै छैन । अर्जुन त उसका अगाडि तृण बराबर हुन् । उडेर जान्छन् एक क्षणमा । मैले अर्जुनलाई विजयी गराउनु छ । अब कस्तो कूटनीति चाल्नुपर्ने हो ?
उनले बब्रुवाहनलाई बोलाएर भने– तिमी कस्ता वीर हौ ? तिमी पनि वीर हौ र ? उसले भने– म अहिल्यै तपार्इंलाई प्रमाण दिन्छु । उनले तीर उठाएर छरिएका एक्काइस वटा पीपलको पत्तालाई प्वाल पारिदिए । एक्काइस पत्ता कृष्णको पैताला मुनी थियो । बब्रुवाहनले भने– श्री कृष्ण † आफ्नो खुट्टा हटाउनुहोस्, नत्र तपाईंका पैतालामा पनि प्वाल पर्ला यसरी उनले उडिरहेको पातमा एकै तीरले प्वाल पारी दिए ।
कृष्णलाई लाग्यो बब्रुवाहनका सामु पाण्डव टिक्न सक्दैनन्, किनभने यिनी कौरवको पक्षमा छन् । कृष्णले भने– या त तिमी दुस्मन बन या वरदान देऊ, दुइटामा एउटा काम गर । बब्रुवाहनले भने– तपाईं जे चाहानुहुन्छ म त्यही गर्न तयार छु । तपाईं चाहानुहुन्छ भने म एक्लै सबैलाई खत्तम गर्न सक्छु, मसँग त्यति तागत छ । यदि तपार्इं मसँग केही माग्नुहुन्छ भने त्यो पनि दिन तयार छु । तपाईं कृष्ण हुनुहुन्छ र, तपाईं को हो म त्यो पनि बुझ्दछु । तपार्इं वरदान माग्नुहोस् जे माग्नुहुन्छ म त्यही दिन तयार छु ।
कृष्णले भने– मलार्इं तिम्रो शिर चाहियो ।
बबु्रवाहनले भने– यति सानो कुरा, म शिर दिन तयार छु । तर, मेरो शिर यति माथि उचाइमा राखिदिनुहोस् ताकि म महाभारत युद्ध हेर्न सकूँ । बस तपार्इंबाट म यति चाहान्छु । उनले आफ्नो शिर काटेर कृष्णको हातमा राखिदिए ।
कृष्णले भने– तिमी मेरै रूपमा यस संसारमा पूजित हुनेछौ ।
भारतको राजस्थानमा खाटु भन्ने ठाउँमा आज पनि बब्रुवाहनको वास्तविक मूर्तिलाई कृष्णको मूर्ति भनेर पूजा गरिन्छ । भीमका पुत्र घटोत्कच हुन् भने घटोत्कचका पुत्र बब्रुवाहन अर्थात बारबरिक । यो वीरताको उत्कृष्ट उदाहरण हो । मनुष्य स्वयं यस्तै वीर वन्न सक्छ । बूढो हुँदैन । असी वर्षको उमेरमा पनि पौरुषवान हुन सक्दछ, क्षमतावान हुनसक्दछ । तर, त्यो सबथोक हुन पुरुषबाट महापुरुष, महापुरुषबाट देवत्व बन्न सक्नुपर्छ ।
तर, देवत्व बन्ने क्रिया भने त्यति सजिलो छैन । मैले केवल भनिदिऊँ त्यतिकैमा तिमी देवता बन्न सक्दैनौ । हाम्रो शरीरमा जुन अणु छ त्यसलाई परिवर्तन गरेपछि मात्र देवत्व स्थापित हुन सक्दछ । देवत्व स्थापना भएपछि साधना गर्न सकिन्छ । मनुष्य यसै साधाना गर्नै सक्दैन । किनभने उसको मन आफ्नै नियन्त्रणमा हुँदैन । उच्च योगी हुँदैनन् । भए पनि योगीको मन पनि शान्त हुँदैन । योगी हुँदैमा मन शान्त रहन्छ भन्ने जरुरी छैन । भर्तृहरिले भनेका छन्– झारपात, हावा, पानी खाएर बसेका वशिष्ठ, विश्वामित्र, अत्रि, गर्गको मन त चञ्चल रहन्छ भने गुरुदेव † मन स्थिर गर भन्नुहुन्छ, मेरो मन कसरी स्थिर हुन सक्छ । जबकि घाँसपात खानेको त मन स्थिर हुन सकेको छैन भने मत अन्न खान्छु, दूध–घिउ खान्छु, मेरो मन कसरी शान्त हुन्छ ?
जब तिम्रो अणु परिवर्तन हुन्छ, अनि मन शान्त हुन्छ, भेडाको अणुकृति लिएर दुरुस्त भेडा बनाएको पत्रपत्रिकामा आयो, यसले संसारमा तहल्का नै मच्चाइदियो । भेडा बनाउन सकियो भने तिमीभित्रको एउटा अणु निकालेर तिम्रै हुबहु अर्को मान्छे बनाउन पनि सकिने भयो । तिम्रै प्रतिरूप अन्य बीस जना खडा गर्न सम्भव हुने भयो छुट्याउनै नसकिने सक्कली नक्कलीबीच । पत्नीले पनि चिन्न सक्दिन आफ्नै मान्छे कुन हो । विज्ञानले अणुको गवेषणात्मक अन्वेषण सुरु गरेकाले यस क्षेत्रमा क्रान्ति ल्याइदियो । तर, यसअघि नै हामी अणुसित परिचित थियौँ । कणादले अणुको पूर्ण व्याख्या गरेका छन् ।
अनुवाद: शिव ढकाल
तन्त्र–मन्त्र–तन्त्र विज्ञानबाट

प्रतिक्रिया