अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु

गुल्मी, १० पुस । बाग्लुङ्गको दगातुमडाँडाको खर्बाङमा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ ।
जलजला–६ स्थायी घर भई दगातुमडाँडा–७, खर्बाङ्ग खारापानीका श्याम काउचाकी पत्नी मीनाको आज बिहान ज्यान गएको हो ।
शौचालय गएका बेला बच्चा जन्मिए पछि स्याहार गर्ने मान्छे नभएकाले अत्याधिक रक्तश्राव हुन गई मृत्यु भएको परिवारले जनाएका छन् ।
मीनालाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो । उनलाई थप उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया