बैशाखमा निर्वाचन हुँन सक्दैनः रावल

काठमाडौं, १० पुस । एमालेका नेता भीम रावलले विपक्षी दलहरुले आन्दोलन स्थगित गरे पछि प्रधानमन्त्री बाबुराम भट्टराईको मनोबल बढेर गएको बताएका छन् ।
उनले भने, ‘अब बाबुराम भट्टराईलाई हटाउने अन्तिम विकल्प भनेकै आन्दोलन हो ।’ काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले नयाँ निर्वाचन बैशाखमा हुनै नसक्ने दाबी गरे । दलहरुका बीच सहमति हुँन धेरै ढिला भएको भन्दै उनले भने, ‘निर्वाचन भईहालेमा जेठको दोस्रो सातासम्म मात्रै सम्भव छ ।’
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले बाबुराम भट्टराईको नेतृत्वमा सहमति जुट्दा पनि आफूहरुलाई कुनै आपत्ति नहुने बताए ।
कांग्रेस र एमाले आफ्नै नेतृत्वमा सहभागी गराउन खोज्ने कार्यलाई उनले भट्टराईको बालहठमात्रै भएको टिप्पणी गरे ।

प्रतिक्रिया