मापसेमा सिनेटर पक्राउ

वासिंगटन : मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको आरोपमा एक अमेरिकी सिनेटर पक्राउ परेका छन् । अमेरिकी संसद्को माथिल्लो सभा सिनेटमा रिपब्लिकन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने माइकल क्रयापो भर्जिनियामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
क्रयापोले चलाएको गाडी वासिंगटनको बाहिरी भागमा आइतबार बिहान अलेक्जाड्रियामा पक्राउ परेको थियो । उनले सडकको रातो बत्तीलाई ध्यान नदिएपछि प्रहरीले उनलाई रोकेको थियो । त्यसपछि उनीमाथि परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पाइएको थियो । पक्राउ परेको केही घन्टापछि हजार अमेरिकी डलर धरौटी तिराएर उनलाई रिहा गरिएको थियो । तर, जनवरी ४ मा कानुनी सुनुवाइका लागि उनले अदालतमा उपस्थित हुनुपर्नेछ । विज्ञप्ति जारी गरेर उनले आफूले गल्ती गरेको स्विकारेका छन् । (एएफपी)

प्रतिक्रिया