इन्कारमा चित्रांगदाको ‘यौन शोषण’

नयाँदिल्ली : बलिउड अभिनेत्री चित्रांगदा सिंहको चर्चा बलिउडमा अचेल चुलिँदै गएको छ । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘इन्कार’का कारणले उनका चर्चा चुलिएको हो । सुधिर मिश्रको निर्देशन रहेको चलचित्रमा सेक्स शब्दको अत्यधिक प्रयोग पनि गरिएको छ । कुल २६२ पटक सेक्स शब्दलाई पात्रको डाइलगमा प्रयोग गरिएको चलचित्रमा सिंहका केही बोल्ड दृश्यहरू पनि छन्, जसका कारण पनि सिंहको चर्चा हुने गरेको हो ।
प्रकाश झाले निर्माण गरेको ‘इन्कार’ आगामी वर्षबाट मात्र रिलिज हुने भएको छ । चलचित्रमा सिंहका साथमा अर्जुन रामपालको पनि अभिनय छ । अधिक सेक्स शब्दको प्रयोग र बोल्ड दृश्य पनि चलचित्रमा रहेकाले यसलाई सेन्सरबोर्डले कैँची लगाउन सक्ने निर्देशक मिश्रले बताए ।
२००४ मा निर्माण भएको र अक्षयकुमार, प्रियंका, करिना कपुरको अभिनय रहेको चलचित्र ऐतराजका कथा चोरिएको निर्देशक मिश्रलाई आरोप पनि लाग्दै आएको छ । यस विषयमा चलचित्रका अभिनेता रामपालले खडण्न गर्दै ‘यी सब झुट हुन्’, भनेका छन् । रामपालले चलचित्र यौन शोषणको विषयमा निर्माण भएको स्पष्ट पारे ।
चलचित्रमा रामपाल एक कम्पनीको सिइयोका भूमिकामा देखिएका छन् । चलचित्रमा उनको नाम राहुल बर्मा रहेको छ भने सिँहले माया लुथरा नामक लेखकको भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा कयौँ यौन दृश्य छन् । जसका कारण चलचित्रका निर्माण पक्षले चलचित्रले ए–सर्टिफिकेट पाउने अडकल पनि काटेका छन् । (सौस)

प्रतिक्रिया