रुकुममा दुई हजारले ज्यान लियो

रुकुम, ८ पुस । सामान्य लेनदेनको विषयमा कुटाकुट हुँदा रुकुमको साख–४ मा एक जनाको ज्यान गएको छ ।
शनिबार राति स्थानीय ढालबहादुर गिरीले कुटपिट गर्दा ३५ बर्षीया खड्गबहादुर खड्काको मृत्यु भएको हो । कुटपिटबाट घाईते खड्कको उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
दुई हजार रुपियाँको लेनदेनमा दुवै पक्ष बीच कुटाकुट भएको थियो । कुटपिटमा संलग्न ढालबहादुर फरार छन् । अर्का आरोपी ५३ बर्षीया इन्द्रबहादुर पुन भने प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच, खुकुरी प्रहारबाट सदरमुकाम खलंगामा एक युवक गम्भीर घाइते भएका छन । स्यालाखदी–९ घर भएका २३ बर्षीया लक्ष्मण बुढाथोकीलाई पातुखोला बजारबाट आउँदै गर्दा आफ्नै साथीले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।

प्रतिक्रिया