एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रीबीच किन विवाद देखिएको हो ?

राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा अहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच विवाद देखिएको छ । विशेषगरी धोबीघाट गठबन्धनपछि बाबुराम पार्टीको नियन्त्रणमा छैनन् । पार्टीले गरेको निर्णयमा बाबुरामले प्रधानमन्त्रीबाट राजीनामा नदिँदाको अवस्थामा या त पार्टीले कारबाही गर्न सक्नुपर्‍यो वा यही सरकारलाई समर्थन गरिरहनुको विकल्प छैन ।
मधेसी मोर्चाको समर्थनका कारण यो गठबन्धन सरकार बलियो देखिएको छ । तैपनि, बाबुरामप्रति पहिले जुनप्रकारको जनसमर्थन थियो त्यो अहिले छैन । अहिले प्रधानमन्त्री बाबुरामको शक्ति अत्यन्त कमजोर भइसकेको छ । उनले अब लामो समयसम्म सरकार चलाइराख्न सक्ने अवस्था छैन । अहिलेको अवस्थामा मधेसवादी दलले बाबुरामभन्दा बलियो र शक्तिशाली व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवारमा स्वीकार गर्दैनन् । उनीहरू त बाबुरामभन्दा पनि कमजोर र मधेसी मोर्चाकै अन्य नेतालाई प्रधानमन्त्रीमा उनीहरूको समर्थन हुन सक्छ । अझ भनाँ, स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनमा स्वीकार गर्न सक्छन् ।
अहिलेको संक्रमणकालीन परिस्थितिमा मुलुकमा बलियो राजनीतिक दलको शक्तिशाली नेता प्रधानमन्त्री हुनुपर्छ । यस्तो अवस्थामा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्दा परिस्थिति अनुकूल हुन सक्छ ।

प्रतिक्रिया