साँघुरोको गीत सार्वजनिक

काठमाडौं : चलचित्र साँघुरोको गीत तथा प्रोमो सार्वजनिक गरिएको छ । शनिबार अनामनगर स्थित मन्डला नाटकघरमा आयोजित कार्यक्रममा गीत तथा पोस्टर सार्वजनिक गरिएका हुन् । समिर मैनाली प्रोडक्सन प्रलिको ब्यानरमा निर्माण भएको चलचित्र साँघुरो जोस पान्डेको निर्देशनमा तयार भएको छ ।
सुशान्त मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई रवि गिरीलगायत कलाकारको मुख्य भूमिकामा अभिनय रहको यस चलचित्रलाई समिर मैनालीले निर्माण गरेका हुन् । गरिबीका कारणले निम्त्याएको समस्यालाई सस्पेन्स र थ्रिलर तरिकाले देखाउन खोजिएको साँघुरोमा मदन गोपालको संगीतमा एक गीत रहेका छ । विनोद पौडेलको लेखन रहेको यस चलचित्रमा
अविरल जीको र सुजन प्रजापतीको छायांकन रहेको छ । (सौस)

प्रतिक्रिया