एमाओवादीले सहमति भाँडेको छः खनाल

बुटवल, ६ पुस । एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिका लागि एमाओवादी बाधक भएको दोहराएका छन् ।
बुटवलमा आज व्यापार मेलाको उद्घाटन कार्यक्रममा उनले दलहरु सहमति नजिक पुगे पनि अनेक बहाना बनाएर एमाओवादीले सहमति भाँडने गरेको आरोप लगाए ।
खनालले सहमतिका लगि आफूहरु लचिलो भए पनि एमाओवादीले मुलुकमा सहमति नै नचाहेको बताए । ‘एमाओवादीका कारण अन्यौल बढेको छ,’ उनले भने ।
उनले सहमतिका लागि छलफल जारी रहे पनि एमाओवादीमा इमान्दारीता अझै नदेखिएको उल्लेख गरे । एमाओवादीले पार्टी भित्रको अन्तरविरोध देखाएर मुलुकलाई थप संकटमा फसाउन नहुने खनालले सुझाव थियो ।

प्रतिक्रिया