बचत ऋण सहकारीको सेयर पुँजी ४० अर्ब

काठमाण्डौ , ६ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेºस्कुन)सँग आबद्ध सहकारीको सेयर पुँजी करिब ४० अर्बभन्दा बढी पुगेको छ ।

नेºस्कुनमा हाल १४ अञ्चलका ६७ जिल्लाबाट एक हजार ४ सय ५४ प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था र ४७ वटा जिल्ला संघ गरी एक हजार ५ सय १ बचत तथा ऋण सहकारी संस्था आबद्ध छन् ।
साथै, आबद्ध जिल्ला संघमा सदस्य बनेका करिब दुई हजार ५ सय बचत तथा ऋण सहकारी संस्था पनि यसमा संलग्न छन् ।
सदस्य संघसंस्थामा आबद्ध सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा सहयोग पुर्‍याउनुका साथै प्रारम्भिक सहकारी संस्था तथा जिल्ला संघको विकास तथा प्रवद्र्धनका लागि नेºस्कुन प्रयत्नशील रहेको संघका अध्यक्ष मीनराज कँडेलले बताए ।
सहकारी ऐनअन्तर्गत स्थापित एकल उद्देश्य भएका र अन्तर्राष्ट्रिय ऋण संघ सञ्चालनको सिद्धान्तअनुरूप चल्न चाहने बचत तथा ऋण सहकारी संस्था र तिनीहरूका जिल्ला संघले नेºस्कुनको सदस्य प्रदान गर्न सक्नेछ । बचत तथा ऋण सहकारीसम्बन्धी उद्देश्य, सिद्धान्त र अवधारणाबारे जनचेतना जागृत गरी संस्थाको प्रवद्र्धन सम्बद्र्धन, विकास एवं विस्तार गर्ने, विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरी बचत तथा ऋण सहकारी संस्थाको उद्देश्यका साथ नेºस्कुन अगाडि बढिरहेको छ ।
विभिन्न संस्थालाई सहभागी बनाई व्यक्ति, समुदाय, समाज र राष्ट्रको आर्थिक तथा सामाजिक विकासका विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने गराउने, सहकारी सहकारीबीच अन्तरलगानी कार्यक्रम सञ्चालन गरी सदस्य संस्थालाई आर्थिक आत्मनिर्भर बन्न र बनाउन आवश्यक सहयोग जुटाउने उद्देश्य रहेको अध्यक्ष नेºस्कुनका अध्यक्ष कँडेल बताउँछन् ।
नेºस्कुन एसियामा एसियाली ऋण महासंघ र सोमार्फत विश्व ऋण परिषद्को नियमित सदस्य रहँदै आएको उल्लेख गर्दै संघले सार्कस्तरीय कृषि बैंकिङमा अन्तर्राष्ट्रिय सहयोग एवं तालिम केन्द्रको नियमित सदस्यसमेत रहेको नेºस्कुनका कार्यकारी अधिकृत विष्णुप्रसाद पाठकले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) एवं विश्व ऋण परिषद्को सिद्धान्तबाट निर्देशित भई आफूमा आबद्ध बचत तथा ऋण सहकारी संघसंस्थामार्फत ग्रामीण तथा सहकारी क्षेत्रको समेत वित्तीय तथा गैरवित्तीय आवश्यकता परिपूर्ति गर्न र गरिबी न्यूनीकरणमा नेºस्कुनले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।
हाल नेºस्कुनमा आबद्ध सदस्य संघसंस्थाका सदस्य १५ लाखभन्दा बढी रहेको र ती सदस्यको ४० अर्बभन्दा बढी सेयर पुँजी रहेको छ । सो रकममध्ये सदस्यलाई नै उत्पादनमूलक एवं रोजगारीमूलक कार्यक्रममा ऋण लगानी गरी उनी आत्मनिर्भर हुन गई स्वस्फूर्त रूपले विकास कार्यमा सहयोग पुगिरहेको प्रमुख कार्यकारी अधिकृत पाठकले जानकारी दिए ।
बचत तथा ऋण सहकारी संघसंस्थाको छाता संगठनका रूपमा स्थापित नेºस्कुनले अन्तर्राष्ट्रिय ऋण संघका सिद्धान्तलाई आत्मसात् गर्दै सदस्य संघसंस्थाहरूको दिगो विकासमा टेवा पुर्‍याउने परिकल्पना गरेको छ ।
नेºस्कुनले आºना सदस्यलाई केन्द्रीय वित्त प्रणाली (अन्तरलगानी कार्यक्रम, आपसी सहयोग कार्यक्रम, वित्तीय मध्यस्थताजस्ता वित्तीय सेवा तथा वकालत, समन्वय, पहलकदमी, तालिम, शिक्षा, नेकोस प्लस सºटवेयर, विभिन्न नीति निर्माण, विकास तथा लघु वित्त कार्यक्रमजस्ता गैरविज्ञीय सेवा प्रदान गर्दै आइरहेको छ ।
महिला सहकारीद्वारा दुई करोड कारोबार
तनहुँ : महिलाद्वारा सञ्चालित तनहँुको दमौलीस्थित एक सहकारीले पौने दुई करोड बराबरको कारोबार गरेको छ ।
व्यास–२ स्थित बालमन्दिर लाइनमा रहेको मादीगंगा महिला बहुउद्देश्यीय सहकारी संस्थाले हालसम्म एक करोड ७५ लाख रुपियाँको कारोबार गरेको हो । सो रकममध्ये एक करोड सात लाख रुपियाँ बचत संकलन र अन्य बाँकी रकम लगानी गरिएकोमा शतप्रतिशत असुली रहेको संस्थाकी व्यवस्थापक चन्द्रावती पौडेलले बताइन् । संस्थामा पाँचदेखि सातजनासम्म महिलाको समूह गठन गरी विनाधितो सामूहिक जमानीमा पाँच हजारदेखि एक लाख रुपियाँसम्म लगानी गर्ने गरेको उनले बताए ।
संस्थाबाट कुनै पनि समूहले ऋण लिन चाहेमा कम्तीमा ६ महिनासम्म मासिक ५० भन्दा माथि बचत गरेको हुनुपर्ने संस्थाले जनाएको छ । यसरी सामूहिक जमानीमा लगानी गर्दा ऋण डुब्छ कि भन्ने जोखिम कम हुने भएकाले समूहमा लगानी गर्दै आएको व्यवस्थापक पौडेलले बताए ।
संस्थाले बचतमा नौ प्रतिशत र कर्जा लगानीमा मासिक १२ प्रतिशत र त्रैमासिकमा १५ प्रतिशत ब्याज लिने गरेको छ । ०५५ सालमा ६६ जनाबाट सुरु गरेको सो सहकारीमा हाल एक हजार ५ सय ८४ महिला सदस्य संस्थामा आबद्ध छन् ।
सुरुमा महिला विकास कार्यालयद्वारा प्रवद्र्धित सो सहकारीले करिब डेढ आना जग्गा नौ लाख ४० हजारमा किनेर तीन ढलानको भवनसमेत निर्माण गरेको छ ।
करिब ३० लाख खर्चेर उक्त भवनको हालै निर्माण सम्पन्न गरेको अर्का सहायक व्यवस्थापक सीता न्यौपानेले बताए । भवन निर्माणका लागि जिल्ला विकास समितिबाट १० लाख र व्यास नगरपालिकाले एक लाख २० हजार प्रदान गरेकामा अन्य रकम संस्थाकै आम्दानीबाट भवन निर्माण गरिएको उनले जानकारी दिए ।
सहकारी संस्थाले हाल व्यास नगरपालिकाका ११ वटै वडालाई समेटी कार्यक्षेत्र विस्तार गर्दै आएको छ । सदरमुकाम दमौलीस्थित दर्ता भएका सहकारीमध्ये आºनै भवन निर्माण गरेर सहकारी सञ्चालन गर्ने यो सहकारी पहिलो हो ।

प्रतिक्रिया