पोखरामा थुनुवा महिला फरार

पोखरा, ५ पुस । पोखरास्थित वडा प्रहरी कार्यालय बगरबाट एक जना महिला थुनुवा फरार भएकी छन् ।
भारतको गोरखपुर घर भएकी ४५ बर्षीय विन्दु हरिजन नाम गरेकी महिला आज विहान करिव ९ बजे चौकीबाटै फरार भएकी हुन् ।
विन्दुलाई नुहाउन छाडिएका बेला फरार भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता रविन्द्र पौडेलले बताए ।
मंसिर–२४ गते चोरीको अभियोगमा विन्दु पक्राउ परेकी थिईन ।

प्रतिक्रिया