‘ध्रुर्बे’ हात्तीलाई मार्नु ठीक हो ?

पहिलो कुरा त यसरी बारम्बार मानिसलाई आक्रमण गरेको र धेरैको ज्यान लिएको ‘ध्रुर्बे’ हात्ती नै हो कि होइन भन्ने कुराको अध्ययन हुनुपर्छ । जंगली हात्ती देख्दा सबै एकैजस्तो लाग्छन् । प्रजननको समयमा जुनसुकै हात्ती मात्तिएको हुन्छ र त्यो बेला नजिकै जो कोहीलाई देखे पनि आक्रमण गरिहाल्छ । अरू जनावरको जस्तै हात्तीको पनि त्यस्तै बानी हो ।
त्यसैले मार्ने कि नमार्ने भन्नुभन्दा पहिले ‘ध्रुर्बे’ माथि न्याय हुनुपर्छ । राति आएर एउटा हात्तीले मान्छे मारेको र बिहान स्थानीयले अर्को जंगली हात्ती देखेर ‘ध्रुर्बे’ नै हो भनेको पनि त हुनसक्छ । जंगलमा अरू पनि जंगली हात्ती हुन्छन्, तिनीहरूको उपद्रोको सजाय धु्रब्र्रेले पाउन भएन । सकेसम्म मार्नु भन्दा अरू उपाय नै खोज्नु बेस हुन्छ । जस्तो गैँडालाई जस्तो जेलमा राख्ने । भारतबाट आएको हो, भारतीय हात्ती हो भन्ने किटान भइसकेको भए भारतको सम्बन्धित निकुञ्जलाई खबर गर्दा राम्रो ।
होइन त्यही धु्रर्बेले नै सधैँ मानिसलाई मारिरहेको हो, त्यसलाई मार्दा समस्याको समाधान हुन्छ र त्यो भन्दा अर्को उपाय केही छैन भने मार्नुको विकल्प पनि छोड्ने कुरा हुन्न । तर, सकेसम्म अरू कुनै उपाय खोज्नु राम्रो हुन्छ ।

प्रतिक्रिया