राप्रपा नेपालको रथयात्रा जनकपुरबाट सुरु

जनकपुर, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्रको माग गरेर जनकपुरबाट रथयात्रा सुरु गरेको छ ।
रथयात्राको आज विहान जनकपुरको रंगभूमिमा कालीबाबाले उद्घाटन गरे । धर्मनिरपेक्षताको विरोध गर्दै राप्रपा नेपालले हिन्दु राष्ट्रको माग सहित रथयात्रा सुरु गरेको अध्यक्ष कमल थापाले जानकारी दिए ।
जनकपुरबाट सुरु भएको रथयात्रा ११ दिन पछि काठमाडौंको पशुपतिनाथको मन्दिरमा पुगेर समापन हुने छ । रथयात्रा लुम्बिनी, पोखराको विन्ध्यवासनी हुँदै पशुपतिनाथ पुस–११ गते पुग्ने योजना छ ।

प्रतिक्रिया