जनकपुरमा विवाह पञ्चमी

जनकपुर, २ पुस । विवाह पञ्चमी महोत्वस आज जनकपुरमा धुमधामकासाथ मनाईदै छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको सम्झनामा हरेक वर्ष जानकी मन्दिरमा विवाह पञ्चमी पर्व मनाउने परम्परा छ ।
विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिर, राम मन्दिर, दशरथ मन्दिरलगायतका मन्दिरहरुमा पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरुको विहानैदेखि भीड लागेको छ ।
गंगासागर, धनुषसागर, अरगजा पोखरीसहितका जलासयहरुमा स्नान गरी श्रद्धालुले पुजापाठ गरिरहेका छन् ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न भागका साथै भारतको अयोध्या, वृन्दावन, मथुरा, कोलकता, विहार, उत्तरप्रदेश, राजस्थानसहित विभिन्न स्थानवाट हजारौं श्रद्धालु जनकपुरमा जम्मा भएका छन् ।

प्रतिक्रिया