वैदेशिक रोजगारमा जानेहरू अधिकांशले दु:ख पाएको, कतिपय कामदार रित्तो हात फर्कनुपरेको र यहाँ भनेको जस्तो काम उहाँ नपाउने गरेको गुनासा छन् । यसबारे तपाईं के भन्नुहुन्छ ?

बजारमा आएका कुराहरूमा केही सत्यता भए पनि सबै सत्य होइनन् । नेपाल सरकारबाट स्वीकृतिप्राप्त वैदेशिक रोजगार कम्पनीमार्फत विदेशमा कामका लािग जानेहरूमध्ये एकाधले दु:ख पाएका होलान् । त्यस्ता कामदारका बारेमा नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले आवश्यक कारबाही गर्ने गरेको छ । त्यसरी बदमासी गरेर पठाउने कम्पनीलाई पनि हामीले कानुनी कारबाही गरेका घटना छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जाने तथा अन्य चोरबाटोबाट वा भारत हुँदै विदेश जाने अधिकांश कामदारले दु:ख पाएका गुनासा हामीकहाँ पनि आउने गरेका छन् । त्यस्तालाई सरकारले तत्काल कारबाही गर्नुपर्छ । किनकि व्यक्तिगत भिसामा कसैले कसैलाई पठाउनु हुँदैन, पठाएमा त्यस्तालाई पनि कारबाही गर्नुपर्छ । कुन देश, कुन कम्पनी, कति तलब र सबै कानुनी प्रावधान पुगेको छ/छैन आदि कुरा बुझेर मात्र वैदेशिक रोजगारीमा जान म सबैलाई अनुरोध गर्दछु । त्यसका लागि आगामी दिनमा हामी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ ।

प्रतिक्रिया