परालको टौवा जलेर नष्ट

पोखरा, १ पुस । पोखराको पस्र्याङमा आगलागी हुँदा २ ओटा परालको टौवा जलेर नष्ट भएका छन् ।
आगोले पोखरा—५, पस्र्याङस्थित बिजया तिमल्सिनाको घरमा रहेको ३ सय २० भारी परालको टौवा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट अन्दाजी २ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान प्रहरीको छ ।

प्रतिक्रिया