न्युटाउन : अमेरिकाको कनेक्टिकट राज्यको न्युटाउनस्थित एक विद्यालयमा शुक्रबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० बालबालिकासहित २६ को मृत्यु भएको छ । अमेरिकी इतिहासकै यसप्रकारका बीभत्सकारी आमहत्यामध्ये यो एक भएको बताइएको छ ।
कनेक्टिकट राज्यका प्रहरी प्रवक्ता लेºिटनेन्ट पाउल भान्सले १८ बालबालिकाको स्यान्डी हुक इलिमेन्ट्री स्कुलमा र थप दुई बालबालिकाको अस्पतालमा मृत्यु भएको बताए । विद्यालयमा रहेका अन्य ६ व्यक्तिको मृत्यु भएको भान्सले जानकारी दिए । अमहत्या मच्चाएपछि आक्रमणकारीले आत्महत्या गरेका छन् । अमेरिकी आमसञ्चारले मर्नेमा विद्यालयप्रमुख पनि परेको जानकारी दिएका छन् ।
आमहत्याको घन्टौँ बितिसक्दा पनि आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन । राज्यका गभर्नर डान मोलीले उक्त समुदायमा एउटा सैतान प्रवेश गरेकाले आमहत्या मच्चिएको बताए । राष्ट्रपति बाराक ओबामाले आँसु चुहाउँदै आफू आक्रमणबाट स्तब्ध भएको बताए । घटनामा बन्दुकधारीले प्रहार गरेको गोलीबाट सबैको मृत्यु भएको छ । यद्यपि, भान्सले भने चोट लागेको एक व्यक्ति मात्र बाँचेको उल्लेख गरेका छन् ।
उक्त घटना बिहान स्थानीय समयअनुसार ९:३० बजे विद्यालयको दुई कोठामा भएको थियो । मर्ने बालबालिकाको उमेर पाँचदेखि १० वर्षको भएको भान्सले बताए । एनबिसी टेलिभिजनले आक्रमणकारी २० वर्षीय एडम लान्जा भएको जानकारी दिएको छ । प्रहरीले निजका दाजु रायन लान्जालाई सोधपुछका लागि हिरासतमा लिएको अमेरिकी टेलिभिजनले उल्लेख गरेका छन् । आक्रमणकारीकी आमा सोही विद्यालयकी शिक्षिका हुन् । आºनी आमालाई आक्रमणकारीले कहाँ हत्या गरे भन्ने स्पष्ट हुन सकेको छैन । सिएनएनले हत्याराले आºनी आमालाई घरमै मारी निजको शरीर विद्यालय लगेको हुन सक्ने अनुमान गरेको छ ।
यसअघि यस्ता प्रकृतिका घटना आफूहरूले नव्यहोरेको जानकारी भान्सले दिए । राष्ट्रपति ओबामा राष्ट्रिय टेलिभिजनमा उपस्थित भई शोकमा मुलुकको झन्डा आधा झुकाउन आग्रह गरे । घटनाप्रति विश्वभरका नेताले समवेदना व्यक्त गरेका छन् । युरोपेली महासंघका प्रमुख जोसे म्यानुएल बारोसो घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयाले राष्ट्रपति ओबामालाई एक सन्देश पठाए घटनाले आफूलाई निकै दु:खी तुल्याएको बताएकी छन् ।
यसअघि अमेरिकाको भर्जिनिया टेक नामक क्याम्पसमा सन् २००७ मा भएको आमहत्यामा ३२ व्यक्तिको मृत्यु भएको थियो । त्यस्तै, सन् १९९९ मा कोलम्बाइन हाइस्कुलमा भएको आमहत्यामा १५ व्यक्तिको मृत्यु भएको थियो । (एएफपी)
बन्दुकसम्बन्धी फरक कानुन
कनेक्टिकटमा आक्रमण भए पनि अमेरिकाका विभिन्न राज्यमा बन्दुक राख्न पाउनेसम्बन्धी कानुनमा एकरूपता नभएको घटनाबारे विवाद सुरु भएको छ । यस्ता कानुन राज्यस्तरमा लागू हुने र हरेक राज्यमा यस्तो कानुन फरक हुने ‘ल सेन्टर टु प्रिभेन्ट गन भ्वायलेन्स’का कार्यकारी निर्देशक रविन थोमसले बताए । तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले सन् १९९३ मा हस्ताक्षर गरेको कानुनअनुसार अमेरिकामा बन्दुक खरिद गर्ने व्यक्तिले आºनो पृष्ठभूमिका विषयमा जानकारी दिनुपर्छ । यो कानुनी व्यवस्था फौजदारी अभियोग लागेका तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिका विषयमा तत्कालै थाहा पाउन सकियोस् भनी लागू गरिएको थियो । यसो भए पनि अमेरिकामा बिक्री हुने ४० प्रतिशत बन्दुकका लागि यो कानुन लागू हुँदैन । यो कानुन व्यक्तिहरूबीच एकापसमा खरिद भएका, इन्टरनेटमा खरिद भएका तथा बन्दुक प्रदर्शनीमा खरिद भएका हतियारमा पनि लागू हुँदैन । यो कानुन अनुमतिप्राप्त बन्दुक व्यापारी, उत्पादक, आयातकर्ता तथा अन्य केहीमा मात्र लागू हुन्छ ।
अमेरिकामा संघीय तथा राज्यस्तरमा बन्दुकमाथि कडा कानुन लागू हुनुपर्छ भन्ने मान्यता राख्ने मेयरहरूको समूह ‘मेयर्स एगेन्स्ट गन्स’ले मानसिक स्वास्थ्य ठीक नभएका लाखौँ व्यक्तिसँग बन्दुक रहेको र उनीहरू कानुनी प्रणालीमा नसमेटिएको उल्लेख गरेको छ । अमेरिकी आमसञ्चारले आमहत्या मच्चाउने २० वर्षीय एडम लान्जा पनि मानसिक रूपमा बिरामी रहेको समाचार दिएका छन् ।
घटनास्थलमा दुई हातेबन्दुक तथा अर्धस्वचालित बन्दुक फेला परेका थिए । सन् २०११ मा एरिजोनामा ६ व्यक्तिको हत्या गर्ने जारेड लाफनरले आºनो स्वास्थ्य पृष्ठभूमिबारे उल्लेख गरेरै बन्दुक खरिद अनुमति प्राप्त गरेका थिए । (एएफपी)
प्रतिक्रिया