हिमपातसँगै चिसोले जनजिवन प्रभावित

बाजुरा, २९ मंसिर । बाजुरा जिल्लाको हिमाली भेगमा हिमपात सुरु भएपछि जनजीवन कष्टकर हुन थालेको छ । हिमपातले गर्दा जिल्लामा चिसो अत्याधिक बढेको छ ।
हिमपात सुरु भए पछि अधिकांश हिमलहरु आजबाट बल्ल सेता देखिन थालेका छन् । कार्तिक पहिलो साता नै सेताम्य भइ सक्ने मालिका, परखेलेक, बढालेक, भत्याली खणेनी, खढुलीलगायतका हिमालहरुमा आज बिहान देखि मात्रै हिमपात सुरु भएको हो ।
कार्तिकको पहिलो साता देखिनै खडेरी परेका कारण आफ्नो शोभानै गुमाइसकेका हिमालहरु पुनः सुन्दर देखिएका हुन । हिमपात भएपछि बाजुरा आउने पर्यटकहरुले हिमाली भेगका दृश्यहरु नियाल्न पाउने छन् ।

प्रतिक्रिया