राखीको न्युड भिडियोले सनसनी

मुम्बई : बलिउड फिल्मी दुनियाँ कस्तो छ भने यहाँ प्रवेश गरिसकेपछि अथवा प्रवेश गर्नका लागि पनि चर्चाको बजारमा आइरहनुपर्छ । यस्तो चर्चा या त राम्रो अभिनय गरेर कमाउन सकिन्छ, होइन भने अन्य आफ्ना गोप्य कुरा सार्वजनिक गर्दै कुनै प्रोपोगान्डा मच्चाएर । अब पब्लिसिटी कसरी कमाउन सकिन्छ भनेर यस्ता हथकण्डाबारे बिना मलिक, शर्लिन चोपडा, पुनम पाण्डे र राखी सावन्तजस्ता अभिनेत्रीबाहेक अरू कसलाई पो थाहा होला र ? अझ त्यसमा पनि राखी सावन्त त कुरा झर्न नपाउँदै तत्काल त्यसको जवाफ दिन खप्पिस भनेर चिनिएकै छन् । उनका सामु जो त्यो मान्छे बोल्नै सक्दैन । बिना मलिकपछि भर्खरै राखी सावन्तको एउटा सेक्स भिडियो सार्वजनिक भएको छ, जसले सबैलाई आश्चर्यचकित
पारिदिएको छ ।
बलिउडकी हट आइटम गर्ल राखी सावन्तले आफ्नो करिअरको सुरुआती समयमा ‘डेबोनियर’ म्यागेजिनका लागि न्युड फोटो सेसन गरेकी थिइन् । त्यो टपलेस फोटोसुटले निकै होहल्ला भएको थियो । यो बलिउडका जानकार सबैलाई थाहा छ तर त्यसैताका राखीले एउटा ‘एडल्ट’ फिल्ममा पनि काम गरेको स्वीकार गरेकी छन् ।
त्यो ‘एडल्ट’ फिल्मका केही अंशको भिडियो इन्टरनेटमा पनि लिक भएको थियो । पछि उक्त अंश यु–ट्युबबाट हटाइएको थियो, तापनि त्यस फिल्मको एउटा भिडियो अझै पनि यु–ट्युबमा छँदै छ । अहिलेसम्म यो भिडियो हेर्नेको संख्या करिब २ लाख २० हजार पुगिसकेको छ । (एजेन्सी)

प्रतिक्रिया