निकासका लागि राष्ट्रपतिलाई दवाव

काठमाडौं, २७ मंसिर । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले मुलुकलाई छिटो निकास दिन राष्ट्रपति डा.रामवरण यादवसँग आग्रह गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज मोर्चा आवद्ध सदस्य दलका प्रमुखहरुले डा.यादवसँग सामूहिक रुपमा भेटगरेर राजनीतिक गतिरोध धेरै दिन सम्म नराख्न आग्रह गरेका छन् । उनीहरुले राष्ट्रिय राजनीतिमा हुने महत्वपूर्ण निर्णयमा आफूहरुको पनि सहभागिता हुनु पर्ने जनाएको एक नेताले जानकारी दिए ।
एमाओवादी, कांग्रेस र एमालेले मात्रै गर्ने निर्णय आफूहरुका लागि मान्य नहुँने मोर्चाको भनाई छ । मोर्चाले आफूहरु पनि शक्तिका रुपमा आएको भन्दै सबै मिलेर राजनीतिक निकास दिनुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया